सामसङ नेपालले आफ्नो लोकप्रिय M सिरिजअन्तर्गत नयाँ मोन्स्टर डिभाइस Galaxy M16 5G सार्वजनिक गरेको छ, जसलाई स्टाइल र नविनताको उत्कृष्ट संयोजनको रूपमा प्रस्तुत गरिएको छ। सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितका अनुसार, यो फोनमा नयाँ डिजाइनसहित स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याइएको छ। Galaxy M16 5G मा सेग्मेन्ट-अग्रणी FHD+ Super AMOLED डिस्प्ले, ६ वर्षको OS अपग्रेड र ६ वर्षको सुरक्षा अपडेट सुविधा रहेको छ, जसले स्मार्टफोनको नयाँ मापदण्ड नै स्थापना गर्ने उनको दाबी छ।
फोनमा ६.७ इन्चको FHD+ Super AMOLED डिस्प्ले दिइएको छ, जसले vibrant कलर र clarity प्रदान गर्छ। यसको adaptive high brightness mode को कारण घाममा पनि सजिलै content हेर्न सकिने हुँदा यो फोन Gen Z र मिलेनियल प्रयोगकर्ताहरूका लागि एकदम उपयुक्त रहेको कम्पनीको भनाइ छ। नयाँ linear group क्यामेरा मोड्युल, सन्तुलित र bold रंग संयोजन तथा 7.9mm को slim डिजाइनले यो डिभाइसलाई अझ स्टाइलिस र ट्रेन्डी बनाएको छ।
Galaxy M16 5G तीन आकर्षक रंगहरू– Blush Pink, Mint Green, र Thunder Black मा उपलब्ध छ। फोनमा MediaTek Dimensity 6300 प्रोसेसर प्रयोग गरिएको छ, जसले मल्टिटास्किङमा उच्च speed र efficiency सुनिश्चित गर्छ। क्यामेरातर्फ, यसमा 50MP को मुख्य क्यामेरा, 5MP को अल्ट्रा-वाइड, 2MP को म्याक्रो क्यामेरा, र 13MP को फ्रन्ट क्यामेरा दिइएको छ, जसले फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्याउँछ। साथै, 5000mAh को battery र 25W को फास्ट चार्जिङ सपोर्टले लामो समय ब्राउजिङ, गेमिङ र बिन्ज-वाचिङ गर्न सहज बनाउँछ।
सुरक्षातर्फ, सामसङले Galaxy M16 5G मा Samsung Knox Vault सुरक्षा प्रणाली र Voice Focus जस्ता सुविधा समावेश गरेको छ, जसले प्रयोगकर्तालाई सुरक्षित र स्पष्ट अनुभव दिन्छ। Galaxy M16 5G अब नेपालभरका सामसङको आधिकारिक स्टोरहरूमा उपलब्ध छ।
यो डिभाइस 6GB RAM र 128GB स्टोरेज भेरियन्टमा उपलब्ध छ र यसको मूल्य NPR २६,९९९ निर्धारण गरिएको छ। साथसाथै, Samsung InstaFinance सेवाअन्तर्गत Hulas Finserve बाट मात्र नागरिकताको आधारमा न्यूनतम NPR १३५०/महिना EMI मा फोन खरिद गर्न सकिने सुविधा पनि उपलब्ध छ। साथै, प्रयोगकर्ताहरूले SabkoPhone र ArkoStore मार्फत पुराना फोन साटेर नयाँ Galaxy M16 5G किन्न सक्ने छन्।



















प्रतिकृया