भ्यालेन्टाइनको लागि सामसङले ग्यालेक्सी एस २४ अल्ट्रा र जि सिरिजको मूल्य घटायो

भ्यालेन्टाइनको लागि सामसङले ग्यालेक्सी एस २४ अल्ट्रा र जि सिरिजको मूल्य घटायो

ग्यालेक्सी एस २४ सिरिज लन्चको साथ हामी सबैले ग्यालेक्सी एआईको नयाँ युगको सुरुवात देख्यौँ । त्यसपछि रिलिज भएका फोल्डेबलको साथ स्मार्टफोन प्रयोगकर्ताहरूको अन्तरक्रिया गर्ने तरिकालाई रूपान्तरण गर्दै ग्यालेक्सी एआईको क्षमतामा विस्तार भएको थियो ।

अब सन् २०२५ को भ्यालेन्टाइन सिजनमा, सामसङ नेपालले यी नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको साथ आफ्ना प्रियजनहरूसँग आफ्नो माया बाँड्न सहज पार्नका लागि, प्राइस् ड्रप तथा बोनस फ्री गिफ्ट रहेको अफर मार्फत अझ सुलभ मूल्यमा बजारमा उपलब्ध गराएको छ ।

यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जिबि) आफ्नो प्रियजनहरुलाई गिफ्टको रुपमा खरिद गर्न चाहनु भएका ग्राहकहरुले सो खरिदमा २५ हजारसम्मको बचत गर्न सक्नु हुनेछन् ।

यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा ५ हजार ४९९ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा रु.५,४९९ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्नु हुने छन् ।

मोडलपुरानो मूल्य (Rs.)नयाँ मूल्य (Rs.)बन्दलिङ्ग (निःशुल्क)
जेड फोल्ड ६ – १२/५१२ जीबी२४९,९९९२२९,९९९क्लियर केस
जेड फोल्ड ६ – १२/२५६ जीबी२३४,९९९२१४,९९९क्लियर केस
जेड फ्लिप ६ – १२/२५६ जीबी१५४,९९९१३९,९९९सिलिकन केस
एस२४ अल्ट्रा – १२/२५६ जीबी१८४,९९९१५९,९९९

साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट तपाईँले ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधि भित्र शुन्य प्रतिशत ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सक्नुहुन्छ । यो प्रक्रियालाई सहज बनाउनको लागि प्रमाणपत्रको रुपमा तपाईँलाई केवल आफ्नो नागरिकताको आवश्यक पर्नेछ ।

सामसङ इलेक्ट्रोनिक्सको बारेमा
सामसङले परिवर्तनकारी सोचहरु र प्रविधिहरुका साथ भविष्यलाई आकार दिन्छ अनि विश्वलाई प्रेरित गर्दछ । कम्पनीले टिभि, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडिको संसारलाई पुनःपरिभाषित गर्दैछ ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स