लाभांश पारित गर्न समता घरेलु लघुवित्तले बोलायो साधारण सभा, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउने ?



Advertisement
Ads

लाभांश प्रस्ताव पारित गर्न समता घरेलु लघुवित्तले फागुन ११ गते साधारण सभा बोलाएको छ। सभा मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलकाञ्चोकमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभाले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।


Advertisement

साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार माघ २३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्न्नेछन् ।

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर