सालपा विकास बैंकले आईपीओ जारी गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १ गते
सालपा विकास बैंकले आईपीओ जारी गर्ने

सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्कासनको मुख्य प्रस्ताव सहित तेह्रौं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठक निर्णयअनुसार, फागुन २७ गते सभा आयोजना गर्न लागिएको हो।

साधारणसभा दिक्तेल रुपाकोटस्थित शुभम फाउन्डेसनको सभा हलमा बिहान ११ बजे बस्नेछ। सभामा आईपीओ निष्कासनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स