लाभांश र हकप्रद पारित गर्न साहस ऊर्जाले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज मिति कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २८ गते
लाभांश र हकप्रद पारित गर्न साहस ऊर्जाले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज मिति कहिले ?

साहस ऊर्जा लिमिटेडले आफ्नो १२औं वार्षिक साधारणसभा बोलाएको छ। सभा मंसिर २४ गते (बुधबार)  काठमाडौं–बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुनेछ।सभामा हालको चुक्ता पूँजीबाट २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत (१:१ अनुपात) बराबर ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्नेछ भने चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सम्बन्धित निकायबाट निर्देशन आएमा थप संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ।

साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स