सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी, फ्रेशरले पनि आवेदन दिन पाउने

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी, फ्रेशरले पनि आवेदन दिन पाउने

 सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आज एक सूचना जारी गर्दै मार्केटिङ तथा क्लेम विभागका लागि विभिन्न पदमा योग्य र अनुभव भएका कर्मचारीहरूको आवश्यकता रहेको जनाएको छ।

मार्केटिङ विभागतर्फ, गण्डकी प्रदेश प्रमुख (पोखरा) का लागि १ जना माग गरिएको छ। इच्छुक उम्मेदवारले बैंकिङ, इन्स्योरेन्स, मार्केटिङ, इकोनोमिक्स वा म्यानेजमेन्टमा स्नातक (स्नातकोत्तरलाई प्राथमिकता) तह उत्तीर्ण गरेको हुनुका साथै साधारण बीमा क्षेत्रमा कम्तीमा ८ देखि १० वर्षको अनुभव भएको हुनुपर्नेछ।

त्यस्तै, सहायक प्रबन्धक (देशभरका शाखाहरू, उपत्यका भित्र र बाहिर) का लागि पनि केही पद खुला गरिएको छ। इच्छुक व्यक्तिहरूसँग सोही क्षेत्रको कम्तीमा ६ देखि ८ वर्षको अनुभव हुनु आवश्यक छ।

वरिष्ठ अधिकृत, अधिकृत र कनिष्ठ अधिकृतका लागि पनि केही पदमा दरखास्त माग गरिएको छ। यी पदका लागि इच्छुक उम्मेदवारले बीमा, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक गरेको हुनुका साथै कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ।

त्यस्तै, वरिष्ठ सहायक, सहायक तथा कनिष्ठ सहायकका लागि पनि केही पद खुला गरिएको छ। यी पदका लागि २ देखि ४ वर्षको बीमा सम्बन्धी अनुभव भएको हुनुपर्नेछ।

क्लेम विभागतर्फ, पोखरा र धनगढीका लागि वरिष्ठ सहायक, सहायक तथा कनिष्ठ सहायकका केही पदमा दरखास्त माग गरिएको छ। यो पदका लागि मेकानिकल इन्जिनियरिङ, अटोमोटिभ इन्जिनियरिङ वा सम्बन्धित विषयमा स्नातक उपाधि प्राप्त गरेका उम्मेदवारहरू योग्य मानिनेछन्। मोटर भेइकल सर्भेइङ वा इन्स्योरेन्स सर्भेइङसम्बन्धी प्रमाणपत्र वा डिप्लोमा भएकालाई प्राथमिकता दिइनेछ। कनिष्ठ सहायकका लागि नयाँ उम्मेदवार (फ्रेशर) ले पनि आवेदन दिन सक्नेछन्।

सबै पदका लागि तलब र सुविधा कम्पनीको नियमानुसार हुने जनाइएको छ। आवेदकहरू देशभरिका सातै प्रदेशका लागि आवश्यक छन्।

इच्छुक नेपाली नागरिकले आवेदन, बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक र अनुभव प्रमाणपत्रहरू तथा पासपोर्ट साइजको फोटो सहित https://online.salico.com.np/career मा १० दिनभित्र आवेदन दिन सक्नेछन्।

521485587 1048821344075216 7190038030465021266 n https://bajarkochirfar.com/sagarmatha-lumbini-insurance-seeks-employees-for-all-seven-provinces-freshers-can-also-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स