गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएर छानबिनमा सघाउन रास्वपाको माग

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएर छानबिनमा सघाउन रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गरेको छ। पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकपछि जारी विज्ञप्तिमा, विगतमा लेखक स्वयंले प्रश्न उठेपछि राजीनामा दिनुपर्छ भनेको स्मरण गराउँदै अहिले पनि उनले नै त्यही अभ्यास गर्नुपर्ने उल्लेख गरिएको छ।

रास्वपाले सर्वोच्च अदालतले सभापति रवि लामिछानेको हकमा गरेको आदेशलाई कानुनी रूपमा स्वीकार गर्ने निर्णय गरेको छ, तर मुद्दालाई सहकारीसँग जबरजस्ती जोडेर तथ्यहीन निर्णय गरिएको आशंका पनि व्यक्त गरेको छ।

साथै, दुई ठूला दलहरूको गठबन्धन सरकारले खासै काम नगरेको, सुशासन उल्ट्याएको, संवैधानिक निकायलाई दलीयकरण गरेको र गृह मन्त्रालय नै मानव तस्करीमा संलग्न देखिएको भन्दै पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ।

500133354 683939461012718 4708852627065843571 n https://bajarkochirfar.com/rsp-demands-home-minister-ramesh-lekhak-resign-from-his-post-to-assist-in-the-investigation | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स