राप्रपा नेता कमल थापाले बालेन्द्र शाह नेतृत्वको सरकारलाई सर्तसहित समर्थन दिने संकेत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अब बन्ने बालेन्द्र शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमत पुर्याउन सर्तसहित सहयोग दिने संकेत गरेका छन्।
थापाका अनुसार, रास्वपा र बालेन्द्र नेतृत्वको नयाँ सरकारलाई दुईतिहाइ बहुमतका लागि दुई सिट कम रहेको छ। उनले भने, “यदि सरकार नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच सांसदहरूको पूर्ण समर्थन उपलब्ध हुनेछ।”
थापाले सामाजिक सञ्जालमार्फत् स्पष्ट पारेका छन्,“रास्वपा र नयाँ बन्ने बालेन्द्र शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतका लागि दुई सिट कम छ। यदि बालेन्द्र सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच सांसदहरूको पूर्ण सहयोग रहने छ।”
















प्रतिकृया