रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ नेपाली बजारमा सार्वजनिक, कति तोकियो मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २९ गते
रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ नेपाली बजारमा सार्वजनिक, कति तोकियो मूल्य ?

अल्फा अटोमोटिभले रोयल इन्फिल्ड को नयाँ मोटरसाइकल ‘Royal Enfield Guerrilla 450’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एपेक्स, ड्यास र फ्ल्यास गरी तीन भेरियन्टमा यो मोडल उपलब्ध गराएको जनाएको छ । दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने कम्पनीको दाबी छ ।

गुरिल्ला ४५० मा ४५२ सीसीको सिंगल सिलिन्डर लिक्विड–कुल्ड इन्जिन जडान गरिएको छ, जसले ८,००० आरपीएममा ४० पीएस पावर र ५,५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ । ६–स्पिड गियरबक्स, स्लिप क्लच, राइड–बाइ–वायर प्रविधि तथा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ राइडिङ मोड यसका प्रमुख विशेषता हुन् ।

मोटरसाइकलमा ४ इन्चको टीएफटी ‘ट्रिपर ड्यास’, गुगल नक्सा–सञ्चालित नेभिगेसन र स्मार्टफोन कनेक्टिभिटी सुविधा पनि उपलब्ध छ । कम्पनीले तीनवटै भेरियन्टको मूल्य ८ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स