रोयल इन्फिल्डले नेपालमा नयाँ २०२५ मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक यात्राका लागि डिजाइन गरिएको यो मध्यम आकारको क्रूजर अब चार भेरियन्ट फायरबल, स्टेलर, ऑरोरा र सुपरनोभामा उपलब्ध छ, जसमा सात नयाँ रङ र उन्नत सुविधाहरू समावेश छन्। ३४९ सिसी एयर–कुल्ड जे–सिरिज इन्जिनबाट शक्ति प्राप्त मेटिओर ३५० ले अधिकतम २०.२ बीएचपी र २७ एनएम टर्क प्रदान गर्दछ। सबै भेरियन्टमा एलईडी हेडलाम्प मानक रूपमा उपलब्ध छ।
रोयल इन्फिल्डले नयाँ रिफ्रेशेड रङ स्किम, जीएमए अर्बन र ग्र्यान्ड टुरर किटसहित मेटिओर ३५०लाई अझ व्यक्तिगत र आकर्षक बनाएको छ। सुपरनोभा भेरियन्ट आधुनिक क्रोम फिनिशमा, ऑरोरा रेट्रो शैलीमा, स्टेलर संयमित रङमा र फायरबल जीवन्त रङमा उपलब्ध छन्।
मूल्य रु. ५,७७,००० देखि रु. ५,९७,००० सम्म रहेको नयाँ मेटिओर ३५०मा सात वर्षसम्मको विस्तारित वारेन्टी र रोडसाइड असिस्टेन्स सुविधा समावेश छ।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया