रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च, नेपालभर बिक्रि खुला

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च, नेपालभर बिक्रि खुला

काठमाडौं रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले आज क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ ।

३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडल (Post War G2 Model) को उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुनेछ ।

यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी. बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्दछ । यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिङले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिन्छ ।

नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन् ।

बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेक संग टिवीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर र पछाडी रहेको २७० एमएम डिस्क ब्रेक संग सिन्गल पिस्टन फ्लोटिङ्ग क्यलिपरले अरु बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ । नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ ।

नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४ वटै सोरुममा लन्च एवं बिक्रि खुला गरिएको छ । नजिकको रोयल इन्फिल्डको सोरुममा गएर यसलाई अवलोकन गर्न र टेस्ट राइड गर्न सकिन्छ ।

viber image 2024 11 28 16 33 51 252 https://bajarkochirfar.com/royal-enfield-classic-350-signals-edition-launched-sales-open-across-nepal | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स