भदौ २३ गतेदेखि दुई कम्पनीको हकप्रद सेयर खुल्दै, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ५ गते
भदौ २३ गतेदेखि दुई कम्पनीको हकप्रद सेयर खुल्दै, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

रिभर फल्स पावर लिमिटेड र सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएका छन्।

रिभर फल्स पावरले ७० करोड रुपैयाँबराबर ७० लाख कित्ता सेयर १:१ अनुपातमा निष्काशन गर्नेछ। कम्पनीले साउन २६ गते १ दिनको बुक क्लोज गरिसकेको छ र साउन २२ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्। हकप्रद बिक्री असोज १२ गतेसम्म खुल्ला रहनेछ।

त्यस्तै, सिटी होटल लिमिटेडले पनि भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन गर्नेछ। होटलले हाल कायम चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा १:०.८ अनुपातमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद निष्काशन गर्ने योजना बनाएको छ। कम्पनीले साउन २७ गते १ दिन बुक क्लोज गरिसकेको छ र साउन २६ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्।

दुवै कम्पनीको हकप्रद बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स