नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । बिहिबार कम्पनीको कुल ४० लाख कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रतिकृया