निजामती कर्मचारीको अवकाश उमेर २ बर्ष बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १० गते
निजामती कर्मचारीको अवकाश उमेर २ बर्ष बढ्यो

निजामती कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद चरणबद्ध रूपमा बढाउने विषयमा सहमति जुटेको छ। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजत्वमा बनेको उपसमितिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो।

हाल ५८ वर्षको उमेर हदलाई संघीय निजामती सेवा ऐन लागू भएको ६ महिनासम्म ५८ वर्ष ६ महिना, त्यसपछिको एक वर्षसम्म ५९ वर्ष ६ महिना, र त्यसपछि ६० वर्ष पुर्याइने उल्लेख छ।

सरकारले विधेयकमार्फत सिधै ६० वर्ष प्रस्ताव गरे पनि उपसमितिले छलफल गरी यो व्यवस्था चरणबद्ध रूपमा लागु गर्ने सहमति जनाएको हो। समितिबाट अब ऐन पास गर्ने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स