घुस बार्गेनिङ गर्नेलाई राजीनामाले पुग्दैन, पक्राउ गर्नुपर्छ: ज्ञानेन्द्र शाही

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३१ गते
घुस बार्गेनिङ गर्नेलाई राजीनामाले पुग्दैन, पक्राउ गर्नुपर्छ: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गर्न माग गरेका छन्। उनले भ्रष्टाचारमा संलग्न व्यक्तिले केवल राजीनामा दिएर उन्मुक्ति पाउन नहुने स्पष्ट पारे।

मंगलबारको प्रतिनिधिसभा बैठकको प्रारम्भमै सभामुखसँग समय लिएर बोलेका शाहीले भने,
“ज्ञान नपाए काशी जानू, न्याय नपाए गोर्खा जानू भन्ने चलन थियो, अब भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानू भन्ने भयो। मन्त्री क्वार्टरमै पैसा दिएको छ, अब राजीनामा दिएर सबै ठिक भयो ? भ्रष्टाचारीको पनि देश हो भनेर तपाईंहरूको सरकारले नाम लेखाउनुहोस्।”

उनको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष आरोप लगाएको भन्दै एमालेकी प्रमुख सचेतक सुनिता बरालले आपत्ति जनाइन्। उनले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरिन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स