गणतन्त्र दिवस २०८२ मनाउन सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
सिंहदरबारमा आज बसेको बैठकमा गृह मन्त्रालयले प्रस्तुत गरेको समारोह समिति गठन र दिवस मनाउने कार्यक्रमसम्बन्धी प्रस्ताव पारित गरिएको हो।
मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका मेयर, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापति, विशिष्ट श्रेणीका अधिकृतहरू, सुरक्षा निकायका प्रमुख तथा काठमाडौं उपत्यकाका नगरप्रमुखहरू सदस्यको रूपमा समावेश छन्। समितिका सदस्यसचिव गृह सचिव रहनेछन्।
बैठकले जेठ १४, १५ र १६ गते त्रिदिवसीय रूपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ। यी दिनहरूमा सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएको छ।
केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरू तथा निजी क्षेत्र र संघ-संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू बनाइनेछ।
त्यसैगरी, विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा पनि गणतन्त्र दिवसका कार्यक्रम आयोजना गरिनेछ। मुख्य कार्यक्रम भने जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको आयोजनामा सम्पन्न हुनेछ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया