रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न, केके प्रस्ताव भए पारित ?

रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न, केके प्रस्ताव भए पारित ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा काठमाडौंको आम्रपाली ब्यांकेटमा सम्पन्न भएको छ। सभाले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनसपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्नेछ।

वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र नयाँ लेखापरीक्षकको नियुक्तिसमेत पारित गरिएको छ। आवश्यक परे प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने निर्णय पनि गरिएको छ। अध्यक्ष उदय नेपाली श्रेष्ठले कम्पनीको वित्तीय स्थिति सुदृढ बन्दै गएको बताउँदै सेयरधनीलाई निरन्तर प्रतिफल दिने प्रतिबद्धता जनाए।

कम्पनीले जेठ २६ गते बुक क्लोज गरिसकेकोले जेठ २५ गतेसम्मका सेयरधनीहरूले मात्र लाभांश पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स