रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले रिलायबल समृद्धि योजना नामक बन्दमुखी सामूहिक लगानी कोष निष्काशन गर्न लागेको छ। क्यापिटलले २०८२ वैशाख ३ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याउने घोषणा गरेको छ। यस योजनाअन्तर्गत १० वर्षे बन्दमुखी कोष सञ्चालन गरिनेछ, जसमा प्रति इकाई १० रुपैयाँ अंकित मूल्य राखिएको छ। कुल १० करोड इकाई (१ अर्ब रुपैयाँ बराबर) बिक्री गरिनेछ, जसमध्ये १४% (१ करोड ४० लाख इकाई) कोष प्रवर्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, १% (१० लाख इकाई) योजना व्यवस्थापकका लागि सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ।
लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख ७ गते तोकिएको छ, तर सो अवधिमा सबै इकाई बिक्री नभए वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ। यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल ले कोष प्रवर्धकलाई CARE NP BBB+ Issuer Rating प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई CARE NP AMC Quality 4+ Rating दिएको छ। साथै, कम्पनीले वार्षिक औसत १५% प्रतिफल दिने दाबी गरेको छ। यो योजनाले लगानीकर्ताहरूलाई दीर्घकालीन लाभ दिने अपेक्षा गरिएको छ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)







![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया