रवि र उनकी पत्नी निकितामाथि २८ करोड रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको आरोप

रवि र उनकी पत्नी निकितामाथि २८ करोड रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको आरोप

कास्की जिल्ला सरकारी वकिलको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमाथि करिब २८ करोड रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको आरोप लगाएको छ। रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो माग गरिएको छ।

निकिता र पाँच अन्य व्यक्तिहरूलाई जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ, जसमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं, र गीता पछाईं समावेश छन्। यस प्रकरणमा ३१ जनालाई प्रतिवादी बनाइएको छ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा रवि लामिछानेकी पत्नी निकिता पौडेलको समेत सम्पत्ति जफत गर्न माग गरिएको छ। रवि लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी तीनवटा कसुरमा मुद्दा दर्ता गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स