राजेन्द्र महतोले गरे चुनावी घोषणापत्र सार्वजनिक, यस्ता छन् एजेण्डाहरु

राजेन्द्र महतोले गरे चुनावी घोषणापत्र सार्वजनिक, यस्ता छन् एजेण्डाहरु

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष महतोले मंगलबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा यस घोषणापत्र प्रस्तुत गरेका हुन्।

घोषणापत्रमा संविधान पुनर्लेखन र प्रदेश पुनर्संरचनालाई प्राथमिकतामा राखिएको छ। पार्टीले संविधानको पूर्ण संशोधन गरी बहुलराष्ट्रिय लोकतन्त्र स्थापना गर्ने योजना बनाएको छ, जहाँ सबै राष्ट्र र समुदायलाई आत्मनिर्णय, स्वायत्तता र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी दिइनेछ। साथै, सबै क्षेत्रलाई स्वशासन र आत्मनिर्णयको अधिकार प्रदान गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश गरिएको छ। यसअनुसार, सबै आदिवासी, जनजाति, मधेसी, पिछडिएका वर्ग, दलित र पिछडिएका क्षेत्रलाई स्वशासन र आत्मनिर्णयको अधिकार दिइनेछ भने प्रत्येक सांस्कृतिक राष्ट्रको पहिचान, भाषा, धर्म र परम्परालाई संवैधानिक संरक्षण प्रदान गरिनेछ।

त्यस्तै, पार्टीले दुई वर्षभित्रै प्रदेशको पुनर्संरचना गर्ने योजना पनि अघि सारेको छ। पहिचानमा आधारित संघीयताको कार्यान्वयनका लागि प्रादेशिक संरचनाको सिमांकन र नामांकन पुनरावलोकन गरी पुनर्संरचना गरिनेछ र प्रत्येक राष्ट्रियताको आत्मनिर्णयको अधिकारको ग्यारेन्टी सुनिश्चित गरिनेछ।

PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स