काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नयाँ गीत “नेपाल हाँसेको” सार्वजनिक भएको छ।
यो र्याप गीत फिल्म ‘लाज शरणम्’ को प्रमोशनल सङ्गको रूपमा सोमबार बालेनकै अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरिएको हो। बालेनले आफैं गीतको शब्द, कम्पोज र र्याप तयार गरेका छन्।
गीतको भिडिओमा फिल्मका कलाकारहरूको उपस्थिती छ र कोरियोग्राफर गम्भिर विष्ट हुन्। फिल्म ‘लाज शरणम्’ हास्य सिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो। यसमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, सागर लम्साल, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, कमलमणि नेपाल, महेश त्रिपाठी लगायतको अभिनय छ। फिल्म फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आउन लागेको छ।

























प्रतिकृया