रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २.३७ प्रतिशतले बढेर ७ करोड २ लाख १३ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११ करोड ५९ लाख रुपैयाँबाट २.१२ प्रतिशतले बढेर ११ करोड ८३ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च ६८ लाख रुपैयाँबाट घटेर ४६ लाख ८७ हजार रुपैयाँ कायम भएको छ। आम्दानी बढ्नु र खर्च घट्नुका कारण कम्पनीको नाफा बढेको हो।
५६ करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोषमा रिटेन्ड अर्निङमा १८ करोड ३९ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १६ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ६७ पैसा छ।
साथै कम्पनीको प्रशासनिक खर्च ८४ लाख ६१ हजार रुपैयाँ, स्टाफ बोनस खर्च १४ लाख ४५ हजार रुपैयाँ, कुल चालु सम्पत्ति १६ करोड २४ लाख रुपैयाँ, कुल चालु दायित्व १० करोड ४३ लाख रुपैयाँ रहेको छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया