प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने पाँच लाख युवालाई रोजगारी दिन सक्ने क्षमता निजी क्षेत्रसँग छैन्: अध्यक्ष ढकाल



Advertisement
Ads

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिन सक्ने क्षमता नभएको बताएका छन्।

महासंघको ५९ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०८१ मा बोल्दै उनले, हालसम्म सरकारले करिब पाँच लाख जनशक्तिलाई रोजगारी दिइरहेको र निजी क्षेत्रले त्यसको ८६ प्रतिशत जनशक्तिलाई समेटेको भए पनि, हरेक वर्ष श्रम बजारमा आउने नयाँ जनशक्तिका लागि पर्याप्त अवसर सिर्जना गर्न नसक्ने स्पष्ट पारे।


Advertisement

ढकालले युवा विदेशिनुका पछाडि पनि यही कारण रहेको उल्लेख गरे। उनीले युवाहरु उनीहरूलाई रोजगारी दिनसक्ने अर्थतन्त्रमा काम खोज्न जाने गरेको बताए। उनले नेपाल र दक्षिण कोरियाको आर्थिक अवस्थाको तुलना गर्दै, सन् १९६० मा नेपालको प्रतिव्यक्ति आय ५० डलर र कोरियाको १०० डलर जति रहेको तर अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर नजिक पुगिसकेको र नेपालको भने केवल १४ सय डलरमा सीमित रहेको बताए।

उनले नेपालको आन्तरिक अर्थतन्त्र बलियो नहुदा आम्दानीको हिसाबले कोरियाले यस अवधिमा ४०० गुणा वृद्धि गर्दा नेपाल २८ गुणामा सिमित हुन परेको बताए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर