प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ घोषणा, खेलाडी सावित्रा भण्डारीसहित उत्कृष्ट व्यक्तित्व सम्मानित



Advertisement
Ads

सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने घोषणा गरेको छ। राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा बुधबार सैनिक मञ्च, टुँडिखेलमा आयोजित मूल समारोहमा यस पुरस्कारको घोषणा गरिएको हो।

यस वर्ष टेलिमेडिसिनतर्फ डा. छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा. विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोहणतर्फ पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा) पुरस्कृत हुने भएका छन्।


Advertisement

त्यस्तै, चिकित्सा क्षेत्रमा डा. ओम मूर्ति अनिल (महोत्तरी), खेलकुदमा सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणमा रवीन्द्र पुरी (भक्तपुर) तथा मानवसेवा एवं समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा) सम्मानित हुने भएका छन्।

पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी सम्मान प्रदान गरिनेछ। नवप्रवर्तन क्षेत्रका प्रतिभाशाली नागरिकलाई प्रोत्साहन गर्न २०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा, कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारले एक करोड रुपैयाँ थप गरी उक्त कोष स्थापना गरिएको थियो। यस कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही रु पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको थियो। २०७६ सालमा पहिलो पटक दुई विधाका तीन प्रतिभा पुरस्कृत भएका थिए, तर त्यसपछि कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर