प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका छन्। स्वास्थ्य समस्याका कारण ६ दिनदेखि बालुवाटार स्थित निवासमा विश्राम गर्दै आएका ओली आज सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।
यसअघि, उनले लुम्बिनी प्रदेशको सिद्धबाबा सुरूङमार्गको ब्रेक थ्रु कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए।
आजै प्रधानमन्त्री ओलीले सत्तापक्षीय दलहरूको बैठक पनि बोलाएका छन्। माघ १८ गतेदेखि संसद अधिवेशन सुरु हुने भएकाले त्यसअघि अध्यादेश पेस गर्ने र संसदबाट स्वीकृत गराउने वातावरण बनाउन दलहरूसँग परामर्श गर्न लागेको जानकारी दिएका छन्।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया