प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड भ्रमणमा जाने



Advertisement
Ads

प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १९ गते थाइल्यान्ड भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक (बङ्गालको खाडीको प्रयासका लागि बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग) शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन्।


Advertisement

सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमणलाई स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार र सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्रवक्ता गुरुङका अनुसार, प्रधानमन्त्री ओली २०८१ चैत १९ देखि २३ गतेसम्म बैंककमा हुने बिमस्टेक छैटौं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनेछन्। यस क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा लगायत अन्य मन्त्रीहरू पनि प्रतिनिधिमण्डलमा समावेश हुनेछन्।

मन्त्रिपरिषद् बैठकले बिमस्टेक सम्मेलनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर