प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई लोकतन्त्रलाई पारदर्शी र जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिबी, र भ्रष्टाचारको चुनौतीलाई चिर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवस-२०८१ का अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाशक्तिलाई सशक्त बनाएर देशलाई समृद्धितर्फ अग्रसर गराउने सरकारको नीति स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले लोकतन्त्रको उज्यालोले डिजिटल माध्यममार्फत नागरिकलाई शीघ्र र सरल सार्वजनिक सेवा प्रदान गर्ने मार्ग प्रशस्त गरेको उल्लेख गरे। उनले भने, “यसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउने कार्यलाई तीव्रता दिएको छ। सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्न हामी आफ्नो समय, सम्भावना, र सामर्थ्यको अधिकतम उपयोग गरिरहेका छौँ। यसैमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकांक्षा पूरा गर्न सफल हुनेछौँ।”















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया