प्रधानमन्त्री केपी शर्मा ओलीले हाल प्रविधिको दुरुपयोगमार्फत सत्यको हत्या गर्ने प्रयास भइरहेको बताएका छन्। सूचना प्रविधि दिवसको अवसरमा शुक्रबार आयोजित समारोहमा सम्बोधन गर्दै उनले असत्य र झूटको प्रवर्द्धनका लागि प्रविधि, विशेषतः आर्टिफिसियल इन्टेलिजेन्स (AI), दुरुपयोग भइरहेको दाबी गरे।
उनले भने, “अहिले आर्टिफिसियल इन्टेलिजेन्सको दुरुपयोग तपाईंहरूले देख्नुभएको छ। यसको कारणले मान्छेको हुर्मत लिइएको छ, परिवार धान्न गाह्रो परेको छ। विरोधीहरूले एआई प्रयोग गरेर अनेक खालका चालबाजी गरिरहेका छन्।”
ओलीले प्रविधिको गलत प्रयोगले व्यक्तिको प्रतिष्ठा, इज्जत र सामाजिक छविमा नकारात्मक असर पारिरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, “बेइमानीको खेती गर्न र इमानको हत्या गर्न एआई प्रयोग भइरहेको छ।”
अन्तमा, उनले प्रविधिको सदुपयोग सुनिश्चित गर्न र सत्यको गला रेट्ने, असत्यको जरामा पानी हाल्ने कार्य रोकिनुपर्नेमा जोड दिए। “प्रविधिको प्रयोग सत्य र न्यायको पक्षमा होस्, असत्य र अन्यायको पक्षमा होइन,” प्रधानमन्त्री ओलीको भनाइ थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया