प्रधानमन्त्री ओलीले भने, “ममाथि गरिएको गाली र अपमान सहन्छु तर जनताको बलिदानको अपमान सहन्नँ”



प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई गम्भीरता र मर्यादासाथ सञ्चालन गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौती प्रस्तावमाथिको छलफलमा बोल्दै उनले संसद जनताको बलिदान, संघर्ष र सपनाको प्रतीक भएकाले हल्का फुल्का टिप्पणी नगर्नु उपयुक्त हुने बताए।

उनले लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने अभिव्यक्तिहरूबाट बच्न अपिल गर्दै भने, “म बरु ममाथि गरिएको गाली र अपमान सहन्छु तर सहिद, जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सहन्न। संसद् जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन सक्दैन।”


Advertisement

प्रधानमन्त्री ओलीले संविधान र वर्तमान प्रणालीको संरक्षण तथा प्रभावकारी कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले सरकार संविधान संशोधनतर्फ लागिपरेको उल्लेख गर्दै यस प्रणालीप्रति सबैले सम्मान प्रकट गर्नुपर्ने बताए।

बजेटका सन्दर्भमा प्रधानमन्त्री ओलीले वर्तमान बजेटलाई सकेसम्म सन्तुलित रहेको जनाउँदै माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न थप प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे। “हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ, तर बजेट सीमित छ। त्यसैले सबै सांसद सन्तुष्ट हुन नसक्ने अवस्था हुन सक्छ,” उनले भने।

उनले लगानीको आवश्यकता औँल्याउँदै निजी क्षेत्र र वैदेशिक लगानी आवश्यक रहेको बताए। लगानीको विश्लेषण र योजनाका लागि लगानी बोर्डलाई अझ प्रभावकारी बनाइने जानकारी दिए।

प्रधानमन्त्री ओलीले आगामी वर्षका लागि रु तीन करोडभन्दा कमका आयोजना नराख्ने नीति लिइएको बताउँदै राष्ट्रिय योजना आयोगअन्तर्गत योजना बैंकको व्यवस्था गरिएको जानकारी दिए।

अन्त्यमा, उनले विकास, निर्माण र सुशासनमा राज्यका सबै निकायहरूलाई सक्रिय र उत्तरदायी बनाउनेतर्फ सरकार लागिपरेको उल्लेख गर्दै, “सरकार कसैका विरुद्ध खेल खेलिरहेको छैन, त्यसैले त्यसखालको प्रचार नगरौं,” भन्ने आग्रह गरे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर