SHAREHUBSHAREHUB

रसुवाको बाढी पहिरो अवलोकन गर्न प्रधानमन्त्री ओली टोलीसहित जाँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २४ गते
AdvertisementAds
रसुवाको बाढी पहिरो अवलोकन गर्न प्रधानमन्त्री ओली टोलीसहित जाँदै
AdvertisementAds

रसुवामा बाढी र पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जान लागेका छन्। सोमबार राति आएको बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल दुई हेलिकोप्टरबाट रसुवातिर जाने कार्यक्रम छ।

प्रधानमन्त्री ओली बालुवाटारबाटै एउटा हेलिकोप्टरमा चढ्नेछन् भने गृहमन्त्री लेखक र अर्थमन्त्री पौडेल अर्को हेलिकोप्टरमार्फत क्षेत्रमा पुग्नेछन्। साथै, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरी प्रमुख दीपक थापा र सशस्त्र प्रहरी प्रमुख राजु अर्याल पनि बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायको नेतृत्व गर्दै जाने तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स