प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसले लोकतान्त्रिक प्रक्रियामा बाधा पुर्याउने बताए।
सुदूरपश्चिम प्रदेशसभा बैठकमा सम्बोधन गर्दै ओलीले पूर्वराजाको फागुन ६ गतेको अभिव्यक्तिले आफू छक्क परेको उल्लेख गरे। ‘संविधान र कानुन नमान्ने प्रवृत्ति बढ्दै गएको छ,’ उनले भने, ‘म आउँछु, देश बचाउँछु रे! देशलाई के भएको छ र बचाउन?’
ओलीले पूर्वराजालाई राजनीतिमा आउन स्वागत गरे पनि अराजनीतिक गतिविधि रोक्न आग्रह गरे। साथै, उनले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण भए पनि एक-दुई वर्षभित्र सुधार गर्ने प्रतिबद्धता जनाए।
















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया