आज प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जाँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १८ गते
आज प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो संयुक्त राष्ट्रसङ्घीय भूपरिवेष्टित विकासशील राष्ट्रहरूको (एलएलडिसी) सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान जाँदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको छ। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज राति ११ः५५ बजे फ्लाई दुबईमार्फत दुबई हुँदै तुर्कमेनिस्तान प्रस्थान गर्नेछ।

साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) अवाजा सहरमा हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले एलएलडिसीहरूको अध्यक्षका रूपमा सम्बोधन गर्नेछन्। उनले उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्ने र विभिन्न सत्रमा भाग लिने कार्यक्रम रहेको छ।

अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकाका ३२ भूपरिवेष्टित विकासशील राष्ट्रहरूको सहभागिता रहने सम्मेलनमा पारवहन, पूर्वाधार अभाव, ढुवानी लागत, र अन्तरराष्ट्रिय व्यापारमा भोगिने चुनौतीहरूबारे छलफल हुनेछ। सम्मेलनको उद्देश्य ती देशहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नु हो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नेछन्। भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, सल्लाहकार, सचिव, सांसद, चिकित्सक, सञ्चारकर्मी र सुरक्षाकर्मीहरू सहभागी हुनेछन्। प्रधानमन्त्री साउन २३ गते स्वदेश फर्कनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स