प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै, केके सम्झौताहरू हुने ?



Advertisement
Ads

प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) बिमस्टेक सम्मेलनमा सहभागी हुन थाइल्याण्ड जाँदैछन्। यो नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डमा हुन लागेको पहिलो औपचारिक भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता गर्नेछन्।

यस अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ। साथै, दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ। प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्नेछन् र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्नेछन्।


Advertisement

बिमस्टेक शिखर सम्मेलन चैत २२ गते आयोजना हुनेछ, जसमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्। साथै, बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने योजना रहेको उनले बताएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर