प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानीसम्बन्धी योजनाबारे सम्बन्धित निकायसँग बालुवाटारमा छलफल गरेका छन्। चीन सरकारको सहयोगमा सम्पन्न अन्वेषणको प्रारम्भिक प्रतिवेदनअनुसार दैलेखमा ११२.१ अर्ब घनमिटर मिथेन ग्यासको भण्डार भेटिएको र अन्य क्षेत्रमा पनि सम्भावना रहेको जनाइएको छ।
प्रधानमन्त्री ओलीले एक वर्षभित्र परीक्षण उत्पादन सुरू गर्न निर्देशन दिँदै आवश्यक बजेट र सहजीकरणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। त्यस्तै, धौवादी फलाम खानीको ड्रिलिङ र सम्भाव्यता अध्ययनमा ९९ मिलियन टन फलामको भण्डारण रहेको बताउँदै कम्पनीले २०८५ सालभित्र उत्पादन थाल्ने योजना राखेको छ।
ओलीले त्यसभन्दा अगाडि नै उत्पादन सुरू गर्नुपर्ने बताउँदै स्रोत, साधन र कानुनी प्रक्रियामा सरकारले साथ दिने बताए। छलफलमा मन्त्री दामोदर भण्डारी, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल र दैलेखका सांसदहरू सहभागी थिए।


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

प्रतिकृया