नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता, र भ्रष्टाचारको सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार गठन गर्नु परेको बताएका छन्। बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्षित गर्दै स्थिरता र सुशासनका लागि नयाँ सरकार आवश्यक भएको बताए।
उनले कमिलाको आयु पुगेपछि पखेटा पलाउँछ भनेझैँ मुलुकमा एमाले र कांग्रेसजस्ता ठूला पार्टी हुँदाहुँदै अन्य शक्तिहरूको अनावश्यक क्रियाकलापले जनता असन्तुष्ट बनेपछि स्थिरतातर्फ फर्काउन नयाँ सरकार गठन गरिएको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले सुशासन र विकासमार्फत मुलुकलाई गन्तव्यमा पुर्याउने आफ्नो सरकारको प्रतिबद्धता दोहोर्याउँदै, सरकारलाई आलोचना गर्नेहरूको कमी नरहेको उल्लेख गरे।
जातीय छुवाछुत र साम्प्रदायिकता समाजको विकासका बाधक भएको उल्लेख गर्दै उनले यस्ता घृणास्पद कार्यलाई उखेलेर फाल्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए। उनले जातपात, असमानता, र छुवाछुत अन्त्य गर्नका लागि विद्यमान कानुन संशोधनसहित सरकार आवश्यक कदम चाल्न तत्पर रहेको धारणा राखे।
प्रधानमन्त्री ओलीले असमानता र अन्यायको अन्त्यबिना कोही पनि सुखी हुन नसक्ने बताउँदै, संविधानमा सामाजिक न्याय र समानताको व्यवस्था त्यही सोचअनुरूप गरिएको स्पष्ट पारे। साथै, उनले विगतमा राजतन्त्रका पालामा जातीय विद्वेष फैलाउने र जनतालाई फसाउने कार्यहरू भएको स्मरण गर्दै, त्यस्ता विकृतिलाई अन्त्य गर्न नयाँ सरकारले दृढ अठोट लिएको उल्लेख गरे।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया