नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्यमा समायोजन भएको छ । बुधबार एनआरएन र शिवमको बोनस सेयरमा मूल्यसमायोजन भएको हो ।
नेप्सेमा एनआरएनको ४० प्रतिशत बोनस सेयर प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बुधबार अन्तिम कारोबार मूल्य १९३५.१० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य १३८२.२१ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

नेप्सेमा शिवम सिमेन्ट्सको २.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बुधबार अन्तिम कारोबार मूल्य ६१५.४० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ६००.३९ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया