चलचित्र विकास बोर्डले प्रदर्शनको नियम उल्लंघन गर्ने ११ वटा फिल्म हलहरूलाई कानुनी दायरामा ल्याउन केही जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई पत्र पठाएको छ। बुधबार बोर्ड अध्यक्ष दिनेश डिसीले मोरङ, रूपन्देही, मकवानपुर, सर्लाही, बारा, सुर्खेत, र धनकुटामा रहेका ११ फिल्म हलले लामो समयदेखि इजाजतपत्र नवीकरण नगरी सञ्चालन गरिरहेको र चलचित्र विकास शुल्क नतिरेको जानकारी दिए। कतिपय हलहरूले प्रदर्शन इजाजतसमेत नलिएको भन्दै ती हलहरूलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन पत्राचार गरिएको उनले बताए।
बोर्डले यसअघि सूचना जारी गर्दै फिल्म हलहरूलाई सचेत गराएपछि १२ हलले नवीकरण गराएका थिए। तर, ११ हलले अटेर गरेकाले पत्र पठाइएको र उनीहरूलाई बिक्री गरिएको टिकटभन्दा दोब्बर जरिवाना तिराउने, प्रदर्शन रोक्ने, इजाजतपत्र खारेज गर्ने, र सम्बन्धित व्यक्तिको नाममा पुनः हल खोल्न नपाउनेसम्मको कारबाही हुनसक्ने उनले चेतावनी दिए।
बोर्डका अनुसार देशभर १५८ वटा फिल्म हल सञ्चालनमा छन्, जसमा ४१ हजार २८६ सिट छन्। तीमध्ये बागमती प्रदेशमा ६७ हल (१४,६५९ सिट), मधेस प्रदेशमा २४ हल (९,१७८ सिट), कोशी प्रदेशमा २६ हल (६,४१८ सिट), लुम्बिनी प्रदेशमा २४ हल (५,९२२ सिट), गण्डकी प्रदेशमा १४ हल (४,३२१ सिट), कर्णाली प्रदेशमा २ हल (३३१ सिट), र सुदूरपश्चिम प्रदेशमा १ हल (३९७ सिट) सञ्चालनमा रहेका छन्।












![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया