SHAREHUBSHAREHUB

नयाँ स्टक एक्चेन्जको लाइसेन्समा ठूलो चलखेल भइरहेको प्रचण्डकाे खुलासा

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३० गते
AdvertisementAds
नयाँ स्टक एक्चेन्जको लाइसेन्समा ठूलो चलखेल भइरहेको प्रचण्डकाे खुलासा
AdvertisementAds

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामा अर्बौं रुपैयाँको भ्रष्टाचार भइरहेको खुलासा गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले बोल्दै उनले यस्तो आरोप सार्वजनिक रूपमा गरेका हुन्।

प्रचण्डले भने, “अहिले फेरि नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि ठूलो चलखेल भैरहेको छ। के अहिलेको सरकारले लाइसेन्स लिन इच्छुक कम्पनीहरूको प्रक्रिया रोकेर भ्रष्टाचार रोक्न तयार छ?”
उनले सभामुखलाई सम्बोधन गर्दै भने, “सम्माननीय सभामुख महोदय, यो प्रश्न अत्यन्तै गम्भीर छ। म यो सम्मानित सदनमार्फत आग्रह गर्न चाहन्छु कि हालको प्रक्रिया तत्काल रोकियोस्, भ्रष्टाचार नियन्त्रण गरियोस्, र त्यसपछि मात्र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण अघि बढाइयोस्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स