प्रचण्डले मुलुकलाई रसातलमा पुर्याए, ढुकुटी रित्याउन लागे त्यहिँ जोगाउन हामी सरकारमा आयौँ: प्रधानमन्त्री ओली



Advertisement
Ads

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासलाई ख्याल ठट्टाको कुरा नठान्नुपर्ने बताएका छन्। सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकको आर्थिक र सामाजिक अवस्थामा आएको अप्ठेरोको कारण संसदका दुई ठूला दल मिलेर सरकार गठन गरेको स्पष्ट पारे।


Advertisement

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले मुलुकको आर्थिक अवस्था झनै नाजुक बनाएको आरोप लगाउँदै भने, “देशलाई स्थिरता र स्थायित्वको बाटोमा ल्याउनको लागि वर्तमान सरकार गठन भएको हो।”


Advertisement

प्रप्रधानमन्त्री ओलीले भने, “अस्ति तीन वर्षको सरकारले मुलुकलाई रसातलमा पुर्यायो, ढुकुटी रित्यायो। तिर्नुपर्ने सबै ठाउँ बाँकी छ र आउने ठाउँमा के छ भन्ने थाहा छैन। त्यसैले अहिले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर जानुपरेको हो। यो निर्णय देशको अप्ठ्यारो अवस्थामा भएको हो। देशको अस्तित्व र प्रणालीको भविष्यमा शंका परेको अवस्थामा हामी एकजुट भएका हौं। देश बनाउनु ख्याल ठट्टाको कुरा होइन, मजाकको कुरा होइन। हामीले देश र लोकतन्त्रलाई अप्ठ्यारोबाट मुक्त गर्दै लोकतन्त्रलाई सुदृढ बनाउनका लागि एकसाथ बसेका हौं। सबैलाई यो कुरा स्पष्ट र सुन्न योग्य बनाउन चाहन्छु।”

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर