नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार उपमहासचिव वर्षमान पुनसँग सैनिक हेलिकप्टरमार्फत् तेह्रथुम पुगेका छन्। उनले लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने कार्यक्रम राखेका छन्।
त्यसपछि, दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो आठराई जानेछन्, जहाँ उनले आठराई गाउँपालिका–३ स्थित ह्वाकु बगाले शहीद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम तय गरेका छन्। बगालेमा २०५८ माघ २४ गते सुरक्षाकर्मीको गोलीबाट १८ माओवादी लडाकु र ३ सर्वसाधारणको सामूहिक हत्या भएको थियो, र दाहाल सोही घटनासम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन त्यहाँ जान लागेका हुन्।
सोमबारको कार्यक्रमपछि, दाहाल बेलुका चुहानडाँडा बजारमा बस्नेछन् र खाम्लालुङको झाँक्री गुफा अवलोकन गर्ने कार्यक्रम रहेको छ।
मंगलबार बिहान, दाहाल आठराई गाउँपालिका–६ मा पार्टी कार्यकर्ता, स्थानीय र स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्नेछन् र कन्दङवाको शालीक अनावरण गर्ने कार्यक्रम छ। दिउँसो, उनले तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टी कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिनेछन् र त्यसपछि काठमाडौं फर्किनेछन्।















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया