प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १९ गते
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको हाल कायम चुक्तापुँजी रु १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रहेको छ। प्रस्तावित लाभांशमा ८.७ प्रतिशत बराबर रु १४ करोड ७९ लाख ८३ हजार १६५ बोनस सेयर र कर प्रयोजनार्थ ०.४६७९ प्रतिशत बराबर रु ७७ लाख ८८ हजार ५८८ नगद लाभांश रहेका छन्।

यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूमा वितरण गरिने कम्पनीले जनाएको छ।

640953544 883807227802997 1223764387849886402 n https://bajarkochirfar.com/prabhu-insurance-announces-dividend-how-much-bonus-and-cash-is-being-given | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स