प्रभु बैंकको रिपोर्टले तर्सिए लगानीकर्ता: खराब कर्जा ८% नजिक, वितरणयोग्य नाफा ३ अर्ब ३५ करोड ऋणात्मक

प्रभु बैंकको रिपोर्टले तर्सिए लगानीकर्ता: खराब कर्जा ८% नजिक, वितरणयोग्य नाफा ३ अर्ब ३५ करोड ऋणात्मक

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा २४.०७ प्रतिशतले घटेर १ अर्ब १ करोड ४४ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँमा पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ४.६ प्रतिशतले बढेर १ अर्ब १७ करोड ३७ लाख ८७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.४३ प्रतिशतले बढेर ६ अर्ब ६९ करोड ६४ लाख २४ हजार रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन नाफा २२.१ प्रतिशतले घटेर १ अर्ब ९६ करोड ६५ लाख ९ हजार रुपैयाँ सिमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन नाफा २ अर्ब ५२ करोड २८ लाख ३६ हजार रुपैयाँ थियो।

बैंकको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ८१ करोड ४२ लाख रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३५ करोड ६४ लाख ४८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने रिटेन अर्निङ्ग ३ अर्ब ३५ करोड ६४ लाख ऋणात्मक, रिजर्भ कोषमा १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ४० अर्ब ७३ करोड ७३ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब ३२ करोड ११ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७०.९१ प्रतिशत रहेको छ।

पुस मसान्तसम्म बैंकको खराब कर्जा (एनपीएल) ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी २.७३ रुपैयाँ घटेर ८.६२ रुपैयाँमा आएको छ भने प्रतिसेयर नेटवर्थ १८३.३० रुपैयाँ, र मूल्य आम्दानी अनुपात २१.२७ गुणा रहेको छ। यस्तै, बैंकको आधार दर ५.३६ प्रतिशत रहेको छ।

PRVU 1 https://bajarkochirfar.com/prabhu-banks-report-scares-investors-bad-loans-close-to-8-distributable-profit-negative-at-rs-3-35-billion | %tags

Q2 CZBIL https://bajarkochirfar.com/prabhu-banks-report-scares-investors-bad-loans-close-to-8-distributable-profit-negative-at-rs-3-35-billion | %tags
यो पनि पढ्नुहोस

सिटिजन्स बैंक ‘रेड जोन’ मा: खराब कर्जा ७ प्रतिशत नजिक, नाफा ४५ प्रतिशतले घट्यो !

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स