सिटिजन्स बैंक ‘रेड जोन’ मा: खराब कर्जा ७ प्रतिशत नजिक, नाफा ४५ प्रतिशतले घट्यो !

सिटिजन्स बैंक ‘रेड जोन’ मा: खराब कर्जा ७ प्रतिशत नजिक, नाफा ४५ प्रतिशतले घट्यो !

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा ४५.८ प्रतिशतले घटेर ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६६ करोड १८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद शुल्क तथा कमिसन आम्दानीमा तीव्र गिरावट आउनु र इम्पेयरमेन्ट बढेका कारण बैंकको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.२७ प्रतिशतले बढेर ३ अर्ब १४ करोड ४५ लाख ४६ हजार रुपैयाँमा पुगेको छ भने कुल सञ्चालन आम्दानी ४.६८ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ८७ लाख ४९ हजार रुपैयाँमा पुगेको छ।

यता, खुद शुल्क तथा कमिसन आम्दानी भने ५७.६८ प्रतिशतले घटेर २७ करोड २८ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ। सञ्चालन नाफा ४४.६८ प्रतिशतले घटेर ५० करोड ४१ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ।

बैंकको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको १ अर्ब ३८ करोड ५३ लाख रुपैयाँबाट बढेर १ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात २.०१ प्रतिशतबिन्दुले बढेर ६.८६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा खराब कर्जा अनुपात ४.८५ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा बैंकले २ खर्ब १० अर्ब २२ करोड ३५ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब २१ करोड २ लाख २ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८२.६६ प्रतिशत रहेको छ भने आधार दर ५.६२ प्रतिशत कायम रहेको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ४ लाख ९३ हजार रुपैयाँ ऋणात्मक रहेको छ, जस अनुसार हाल बैंकको लाभांश वितरण क्षमता कमजोर देखिएको छ।

बैंकको चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रहेको छ भने रिजर्भ कोषमा ८ अर्ब ८२ करोड १७ लाख २४ हजार रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ८.९६ रुपैयाँबाट घटेर ४.६३ रुपैयाँमा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात ४१.६८ गुणा रहेको छ।

CZBIL 1 https://bajarkochirfar.com/citizens-bank-in-the-red-zone-bad-loans-close-to-7-percent-profits-down-45-percent | %tags

Q2 EBL https://bajarkochirfar.com/citizens-bank-in-the-red-zone-bad-loans-close-to-7-percent-profits-down-45-percent | %tags
यो पनि पढ्नुहोस

बैंकिङ क्षेत्रकै ‘ब्लुचिप’ एभरेष्ट बैंकले कमायो २ अर्ब ११ करोड नाफा, लाभांश दिने क्षमता कति ?

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स