समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्जर प्रक्रियामा छन्। दुबै वित्त कम्पनी १:१ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्।
आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। मर्जपछि बन्ने कम्पनीमा समृद्धिका चार र पोखराका तीन सञ्चालक समिति सदस्यहरूले प्रतिनिधित्व गर्नेछन् भने अध्यक्ष पद समृद्धि फाइनान्सबाट रहनेछ।


प्रतिकृया