SHAREHUBSHAREHUB

प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनका लागि बैंकक जाँदै, मोदीसँग अनौपचारिक भेटवार्ता हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
AdvertisementAds
प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनका लागि बैंकक जाँदै, मोदीसँग अनौपचारिक भेटवार्ता हुने
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओली बिम्स्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) राष्ट्रहरूको छैटौं शिखर सम्मेलनमा सहभागी हुन चैत १९ गते थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सम्मेलनका लागि थाइल्याण्ड जाने कार्यक्रम तय भएको छ। बिम्स्टेक सम्मेलन चैत १९ र २० (अप्रिल २ र ३ ) मा बैंककमा आयोजना हुँदैछ।

यसअघि दुई महिनाअघि सम्मेलन आयोजना गर्ने तय भए पनि थाइल्याण्डको राजनीतिक अस्थिरताका कारण स्थगित गरिएको थियो। अब तय भएको सम्मेलनको क्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेटवार्ता हुने निश्चित भएको छ।

परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार दुई प्रधानमन्त्रीबीचको भेटवार्ताका लागि प्रक्रिया अघि बढाइएको छ। सम्भवतः बैंककमा उनीहरूबीच द्विपक्षीय छलफल हुनेछ।

भारत भ्रमणको प्रयास असफल
प्रधानमन्त्री ओलीले चीन भ्रमण सम्पन्न गरेपछि भारत भ्रमणको तयारी भए पनि अहिलेसम्म तय हुन सकेको छैन। मंसिरमा झापा पुग्दा उनले ‘छिट्टै भारत जाने’ बताएका थिए। पुस ६ गते परराष्ट्रमन्त्री राणाले भारत भ्रमणबारे छलफल गर्न दिल्ली गएकी थिइन् तर सो प्रयास सफल हुन सकेन।

AdvertisementAds

ओली–मोदीको पछिल्लो भेटवार्ता
यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच असोज ७ गते अमेरिकाको न्युयोर्कमा भेट भएको थियो। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका प्रधानमन्त्री ओली र मोदीबीच होटल लोटे न्युयोर्क प्यालेसमा कुराकानी भएको थियो। ओली र मोदीबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको थियो।

भेटपछि परराष्ट्रमन्त्री राणाले संक्षिप्त प्रतिक्रिया दिँदै भेटवार्ता सौहार्दपूर्ण भएको बताएकी थिइन्। उनले भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपालको भ्रमण गर्ने आशय व्यक्त गरेको जानकारी दिएकी थिइन्। तर अहिलेसम्म प्रधानमन्त्री ओलीको भारत भ्रमण प्रयास सफल हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स