SHAREHUBSHAREHUB

राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १५ गते
AdvertisementAds
राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुने छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार दिउँसोदेखि हिंसात्मक प्रदर्शनका कारण तीनकुने क्षेत्र तनावग्रस्त बनेको थियो।

अराजकता बढेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ, र कर्फ्यु आदेशको पालना सुनिश्चित गर्न तीनकुने क्षेत्रमा सेना तैनाथ गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स