पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३६.७६ प्रतिशतले घटेर ७८ लाख २ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा को विद्युत बिक्री आम्दानी ८ करोड १४ लाखबाट १४.४८ प्रतिशतले घटेर ६ करोड ९६ लाख रुपैयाँमा पुगेको छ। यता, वित्तीय खर्च २ करोड ९६ लाखबाट घटेर २ करोड २ लाख रुपैयाँमा झरेको छ। आम्दानी घट्दा कम्पनीको नाफामा दबाब परेको हो।
६३ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोषमा १ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ २ पैसा छ। कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी पनि गरिरहेको छ।











![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)




![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया