हकप्रद सेयर जारी गर्ने तयारीमा रहेको पिपुल्स पावर लिमिटेडको नाफा ३६ प्रतिशतले घट्यो
पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३६.७६ प्रतिशतले घटेर ७८ लाख २ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा को विद्युत बिक्री आम्दानी ८ करोड १४ लाखबाट १४.४८ प्रतिशतले घटेर ६ करोड ९६ लाख रुपैयाँमा पुगेको छ। यता, वित्तीय खर्च २ करोड ९६ लाखबाट घटेर २ करोड २ लाख रुपैयाँमा झरेको छ। आम्दानी घट्दा कम्पनीको नाफामा दबाब परेको हो।
६३ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोषमा १ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ २ पैसा छ। कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी पनि गरिरहेको छ।