कुलमानलाई हटाएपछि प्रधानमन्त्री ओलीमाथि सामाजिक सञ्जालमा जनताको आक्रोश



Advertisement
Ads

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा जनताको आक्रोश पोखिएको छ। सरकारको यो निर्णयलाई अनुचित भन्दै सर्वसाधारणदेखि राजनीतिक विश्लेषकहरूसम्मले आलोचना गरिरहेका छन्।

सरकारको निर्णयपछि प्रधानमन्त्रीका फेसबुक पोस्टमा “यो निर्णय फिर्ता गर,” “जनताको आवाज नसुनिनु दुर्भाग्य,” “लोडसेडिङ अन्त्य गर्नेलाई हटाउने?” जस्ता कमेन्टको बाढी आएको छ। धेरैले कुलमानलाई हटाउने निर्णयलाई गलत भन्दै सरकारको आलोचना गरेका छन्।


Advertisement

यसअघि लोडसेडिङको चरम संकटमा तत्कालीन सरकारले कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा नियुक्त गरेको थियो। उनका पहलले मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भएको धेरैको बुझाइ छ। यही कारण, कुलमान हटाउने निर्णयप्रति सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि देखिएको हो।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत सरकारको यो कदमको विरोध गर्दै “दुई तिहाईको दम्भमा गरिएको यो निर्णय आपत्तिजनक छ” भनेका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले ‘विनाश काले, विपरीत बुद्धि’ भन्दै गलत निर्णयको संज्ञा दिएकी छन्।

सरकारले कुलमानलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। ऊर्जामन्त्री दीपक खड्काले कुलमानले सरकारलाई नटेरेको आरोप लगाउँदै उनलाई हटाउनुपरेको बताएका छन्। तर, सर्वसाधारणदेखि विभिन्न क्षेत्रका विज्ञहरूले यो निर्णयलाई अन्यायपूर्ण भन्दै सरकारको चर्को आलोचना गरिरहेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर