सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन चैत १९ गते बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। मन्त्रिपरिषद्को बैठकले संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि राष्ट्रपति कार्यालयले उक्त प्रस्ताव स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानसँगै संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकारको अध्यक्षतामा गठन हुने उक्त कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी रहनेछन्। मन्त्री पोखरेलले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गरिने जानकारी दिए।
















प्रतिकृया