संसद्मा फेरि प्रधानमन्त्रीको प्रतीक्षा, जवाफ दिने जिम्मा अर्थमन्त्रीलाई

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३१ गते
संसद्मा फेरि प्रधानमन्त्रीको प्रतीक्षा, जवाफ दिने जिम्मा अर्थमन्त्रीलाई

प्रमुख प्रतिपक्षी दलहरूको विरोधका बीच पनि प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ संसद्मा नदिने भएका छन्। प्रतिनिधिसभाको बिहीबारको कार्यसूचीमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्ले ले दिने उल्लेख गरिएको छ।

यसअघि संसद् सचिवालयले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिने कार्यसूची सार्वजनिक गरेको थियो। तर बुधबार प्रधानमन्त्री संसद्मा उपस्थित नभएपछि विपक्षी दलहरूले चर्को विरोध जनाएका थिए। नाराबाजीका कारण बैठक अवरुद्ध भएपछि सभामुखले बैठक स्थगित गरेका थिए।

प्रधानमन्त्री आज पनि संसद्मा उपस्थित हुने वा नहुने विषय स्पष्ट नभए पनि कार्यसूचीमा भने अर्थमन्त्रीमार्फत जवाफ दिने उल्लेख गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स